• २०८३ भाद्र ९ गते मङ्गलवार
  • Preeti To Unicode

हर्क साम्पाङद्वारा मधेशका नेता दिपकजंग ठाकुर निलम्बित

हर्क साम्पाङद्वारा मधेशका नेता दिपकजंग ठाकुर निलम्बित

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीको सिद्धान्त, नीति तथा अनुशासनविपरीत गतिविधि गरेको आरोप लगाउँदै मधेश प्रदेशका नेता दिपकजंग ठाकुरलाई निलम्बन गरेका छन्। साम्पाङले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अर्को सूचना नआउन्जेल ठाकुरसँग पार्टीसम्बन्धी कुनै पनि गतिविधि नगर्न तथा नगराउन कार्यकर्तालाई निर्देशन दिएका छन्। निलम्बनपछि ठाकुरले पनि सामाजिक सञ्जालमार्फत अध्यक्ष साम्पाङको निर्णयको विरोध गर्दै पार्टी लोकतान्त्रिक नीति–नियमअनुसार सञ्चालन नभएको आरोप लगाए। उनले वैशाख १० र ११ गतेको निर्णयअनुसार जेठ ६ गते मधेश प्रदेश गठन हुन नसकेको उल्लेख गर्दै ‘एक व्यक्ति, एक पद’ भन्ने सिद्धान्तको उल्लंघन गर्दै साम्पाङले नै एक व्यक्तिलाई दुई पद दिएको निर्णय गरेको दाबी गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार