• २०८३ भाद्र २ गते मङ्गलवार
  • Preeti To Unicode

भारतीय स्थल सेनाध्यक्ष धीरज सेठद्वारा नेपाली सेनाको स्टाफ कलेज भ्रमण

भारतीय स्थल सेनाध्यक्ष धीरज सेठद्वारा नेपाली सेनाको स्टाफ कलेज भ्रमण

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष धीरज सेठले मंगलबार शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमान्ड तथा स्टाफ कलेजको भ्रमण गरेका छन्। भ्रमणका क्रममा उनले कलेजका गतिविधिबारे जानकारी लिनुका साथै कमान्ड तथा स्टाफ तालिममा सहभागी प्रशिक्षार्थी अधिकृतहरूसँग अन्तर्क्रिया गरेका थिए। सैनिक अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकासका लागि महत्वपूर्ण मानिने उक्त तालिममा हाल ८२ नेपाली र १० विदेशी गरी ९२ जना प्रशिक्षार्थी सहभागी छन्। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा साउन ३१ गते काठमाडौं आएका सेठले मंगलबार नै प्रधानमन्त्री बालेन्द्र शाहसँग सिंहदरबारस्थित कार्यालयमा भेटवार्ता गरेका छन्। उनी बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार