राष्ट्रपति पौडेल र ईयू राजदूत लोरेन्जोबीच बिदाइ भेट

राष्ट्रपति पौडेल र ईयू राजदूत लोरेन्जोबीच बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपियन सङ्घकी राजदूत भेरोनिक लोरेन्जोले बिहीबार राष्ट्रपति भवन, महाराजगन्जमा शिष्टाचार बिदाइ भेट गरेकी छन्। भेटका क्रममा नेपाल र युरोपियन सङ्घबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सो अवसरमा राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत लोरेन्जोलाई बधाई दिँदै आगामी दिनका लागि शुभकामना समेत दिएका थिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार