• २०८३ भाद्र ५ गते शुक्रवार
  • Preeti To Unicode

रास्वपा केन्द्रीय समिति बैठक सुरु, मनोनयनदेखि स्थानीय निर्वाचन तयारीसम्म छलफल

रास्वपा केन्द्रीय समिति बैठक सुरु, मनोनयनदेखि स्थानीय निर्वाचन तयारीसम्म छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक वनस्थलीस्थित घण्टी घर केन्द्रीय कार्यालयमा सुरु भएको छ । बैठकमा संगठनात्मक व्यवस्थापन तथा मनोनयनअन्तर्गत केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखहरूको मनोनयनबारे छलफल हुँदैछ । साथै, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन पनि बैठकको कार्यसूचीमा रहेको छ । बैठकमा केन्द्रीय समिति तथा प्रतिनिधि सभा सदस्यको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत छलफल हुनेछ । त्यसैगरी, पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा पनि बैठकमा निर्णय तथा छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार