कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा सरस्वती भट्टको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा सरस्वती भट्टको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सरस्वती भट्टले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्। काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि चयन भएकी भट्टले विद्यार्थी संगठन हुँदै कांग्रेसको विभिन्न तहमा रहेर लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्।भट्टले ज्ञानज्योति माध्यमिक विद्यालय, गोरखाको स्कुल एकाइ समिति, जिल्ला छात्रा विभाग गोरखा तथा पद्मकन्या नेविसंघको उपसभापतिलगायत जिम्मेवारी सम्हालिसकेकी छन्। २०६२ सालदेखि साविक इचंगुनारायण कार्यसमिति सदस्यका रूपमा पार्टी संगठनमा सक्रिय रहेकी उनले २०७४ सालदेखि स्वर्गीय मुकुन्द रिजाल क्षेत्रीय सभापति हुँदा आमन्त्रित क्षेत्रीय सदस्यका रूपमा समेत काम गरेकी थिइन्।

नेपाल महिला संघ काठमाडौंको कार्यसमिति सदस्यका रूपमा २०७२ देखि २०८३ सालसम्म काम गरेकी भट्ट हाल नेपाल महिला संघको केन्द्रीय सदस्य छन्। कांग्रेसको १४औँ महाधिवेशनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट खस आर्यतर्फ सर्वाधिक मतसहित विजयी भएकी उनी १५औँ महाधिवेशनका लागि खुला महिलातर्फ ७५ प्रतिशत मतसहित विजयी भएकी हुन्।

सामुदायिक सेवा केन्द्र इचंगुनारायणकी पूर्वसचिवसमेत रहेकी भट्ट सहारा बहुआयामिक सहकारी संस्थाको स्थापनाकालदेखि कार्यकारी भूमिकामा रहँदै आएकी छन्। हाल उनी सहकारीको सचिवका रूपमा कार्यरत छन्। उनले विभिन्न देशको अध्ययन तथा अनुसन्धान भ्रमणसमेत गरेकी छन्। पार्टी संगठन, महिला नेतृत्व तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय भट्टले १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेकी हुन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार