एमाले स्थायी कमिटी बैठक सुरु, समसामयिक राजनीति र आगामी गतिविधिबारे छलफल हुने

एमाले स्थायी कमिटी बैठक सुरु, समसामयिक राजनीति र आगामी गतिविधिबारे छलफल हुने

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएको छ। ११औँ महाधिवेशनपछि एमाले स्थायी कमिटीको यो पहिलो बैठक हो। बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आगामी गतिविधिबारे छलफल हुने जनाइएको छ। बैठकले पार्टीको आगामी कार्यदिशा तथा गतिविधिका सम्बन्धमा आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार