• २०८३ असोज २७ गते मङ्गलवार
  • Preeti To Unicode

त्रिवि सभा बैठकमा सहभागी हुन पुगेका मन्त्रीलाई विद्यार्थीले देखाए कालो ब्यानर

त्रिवि सभा बैठकमा सहभागी हुन पुगेका मन्त्रीलाई विद्यार्थीले देखाए कालो ब्यानर

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७औँ सभा बैठकमा सहभागी हुन पुगेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई विद्यार्थीहरूले कालो ब्यानर देखाएर विरोध गरेका छन्। बिहीबार त्रिवि सभामा सहभागी हुन जाने क्रममा विद्यार्थीहरूले मन्त्री पोखरेललाई कालो ब्यानर देखाएका हुन्। विद्यार्थीहरूसँग संवाद नगरी त्रिवि ऐन परिमार्जन गर्न लागिएको तथा विद्यार्थीका माग र मुद्दालाई बेवास्ता गरिएको भन्दै उनीहरूले विरोध जनाएका थिए। नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता सनम वलीले सिनेट बैठकमा कुलपति नै उपस्थित नभएको भन्दै आपत्ति जनाउँदै यसले सिनेटको मर्यादा घटाएको बताए। त्रिभुवन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार