• २०८३ असोज २७ गते मङ्गलवार
  • Preeti To Unicode

रसुवा–नुवाकोटमा कनेक्टिभिटी सुधार्न प्रचण्डको जोड, बेलिब्रिज तत्काल बनाउन माग

रसुवा–नुवाकोटमा कनेक्टिभिटी सुधार्न प्रचण्डको जोड, बेलिब्रिज तत्काल बनाउन माग

रसुवा। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवा र नुवाकोट क्षेत्रमा सडक, पुल तथा सञ्चारजस्ता आधारभूत पूर्वाधार निर्माणमा राज्यका तर्फबाट गम्भीर ढिलासुस्ती भइरहेको बताएका छन्। मंगलबार रसुवाको धुन्चेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा कनेक्टिभिटी अर्थात् यातायात र सञ्चारको समस्या प्रमुख रूपमा देखिएको बताए। अघिल्लो पटक बाढीपहिरोका बेला भेडाबेसीको उचारसम्म मात्र पुग्न सकेको उल्लेख गर्दै उनले यसपटक बेलीब्रिज निर्माण भइसकेकाले रसुवा र भेडाबेसीसम्मै पुगेर अवस्थाको अवलोकन गरेको जानकारी दिए। संसद्मा समेत सडक र पुलमार्फत क्षेत्रलाई जोड्ने तथा सञ्चार प्रणालीलाई सुदृढ बनाउने विषयमा आफूले जोडदार रूपमा आवाज उठाएको बताउँदै उनले चिलिमिसीमा तत्काल बेलीब्रिज निर्माण गर्न आवश्यक रहेको धारणा राखे। पुल निर्माणमा जति छिटो काम गर्न सकियो, त्यति नै सहज वातावरण बन्ने उनको भनाइ थियो। राज्यका तर्फबाट आवश्यक तत्परता र प्राविधिक दक्षतासहित काम हुनुपर्ने भए पनि प्रचारमा देखिएको सक्रियताअनुसार व्यवहारमा कामको गति नदेखिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। प्रचण्डले विपद्लाई प्राकृतिक प्रकोपका रूपमा मात्र बुझ्न नहुने उल्लेख गर्दै विकसित भनिने देशहरूको गलत विकास मोडल र जलवायु परिवर्तनका कारण पनि यस्ता गम्भीर सङ्कट निम्तिएको बताए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार