• २०८३ असोज २७ गते मङ्गलवार
  • Preeti To Unicode

अडियो प्रकरणमा दोषी ठहरिए सांसद खगेन्द्र सुनारमाथि कारबाही हुने

अडियो प्रकरणमा दोषी ठहरिए सांसद खगेन्द्र सुनारमाथि कारबाही हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार अडियो प्रकरणमा तानिएपछि पार्टीले उनीमाथि छानबिन अघि बढाएको छ। पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार केन्द्रीय अनुशासन आयोगले घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको छ। छानबिनको निष्कर्ष नआएसम्म सुनारलाई पदीय हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ। अनुसन्धानबाट सुनार दोषी ठहरिए पार्टीको नियमअनुसार कारबाही गरिने र गल्ती नभएको पुष्टि भए कारबाही नहुने बुर्लाकोटीले स्पष्ट पारे। साथै, प्रकरणमा राज्यका कानुन आकर्षित हुने अवस्था आए सरकारी निकायको अनुसन्धानमा पार्टीले पूर्ण सहयोग गर्ने उनले बताएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार