• २०८३ असोज २७ गते मङ्गलवार
  • Preeti To Unicode

डा. विजयकुमार पौडेलको सम्मानमा नेकपा (संयुक्त) ले तीन दिन शोक मनाउने

डा. विजयकुमार पौडेलको सम्मानमा नेकपा (संयुक्त) ले तीन दिन शोक मनाउने

काठमाडौँ। नेकपा (संयुक्त) का नेता तथा सङ्गठन विभाग प्रमुख डा. विजयकुमार पौडेलको निधनप्रति शोक व्यक्त गर्दै पार्टीले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। मंगलबार बसेको आकस्मिक केन्द्रीय कमिटी बैठकले पौडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो। बैठकपछि कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जारी गरेको शोक वक्तव्यमा पौडेलको सम्मानमा मंगलबारदेखि तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाइने उल्लेख छ। २०२१ साल चैत १ गते अर्घाखाँचीको खिदिममा जन्मिएका पौडेल नेपालको कम्युनिस्ट आन्दोलन तथा जनवादी सांस्कृतिक आन्दोलनका अगुवा मोदनाथ प्रश्रित र सामाजिक तथा महिला जागरणकी अगुवा कविता पौडेलका छोरा थिए। उनले १४/१५ वर्षको उमेरदेखि विद्यार्थी आन्दोलनमार्फत राजनीतिक यात्रा सुरु गरेका थिए। जीवनपर्यन्त राजनीतिमा सक्रिय र समर्पित रहेका पौडेलको असोज २६ गते दिउँसो निधन भएको हो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार