एमाले निकट महिला संगठनको माइतीघरमा धर्ना, अम्बिका बस्नेतसहित पक्राउ परेकाको रिहाइको माग

एमाले निकट महिला संगठनको माइतीघरमा धर्ना, अम्बिका बस्नेतसहित पक्राउ परेकाको रिहाइको माग

काठमाडौँ । नेकपा एमाले निकट महिला संगठनले शनिबार राजधानीको माइतीघर मण्डलामा धर्ना दिएको छ । संगठनले एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित पक्राउ परेका महिलाहरूलाई तत्काल रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो ।

धर्नामा सहभागीहरूले ‘अदालतबाट टुंगिसकेको विषयलाई लिएर निरन्तर रूपमा चरित्र हत्या गर्न किन छुट?’, ‘अम्बिका बस्नेतलगायतलाई रिहा गर’, ‘छाडातन्त्र कहिलेसम्म’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

गत वैशाख १४ गते माइतीघर मण्डलामा अम्बिका बस्नेत र शोभा पाठकबीच भएको भनिएको विवाद तथा हातपातको घटनापछि अम्बिकासहित केही महिलाहरू पक्राउ परेका थिए । उक्त घटनालाई लिएर दुई पक्षबीच लामो समयदेखि विवाद रहँदै आएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख १९ गते शनिवार