नदी किनार अतिक्रमण हटाउने क्रममा बालाजुको विद्यालयमा डोजर

नदी किनार अतिक्रमण हटाउने क्रममा बालाजुको विद्यालयमा डोजर

काठमाडौं । नदी किनार आसपासका अतिक्रमित जग्गामा बनेका संरचना हटाउने क्रममा सरकारले बालाजुस्थित एक विद्यालयमा पनि डोजर चलाएको छ। शनिबार बिहान बालाजु, स्वयम्भू लगायतका क्षेत्रमा नदी किनारका संरचना हटाउने अभियान तीव्र बनाइँदा काठमाडौं महानगरपालिका–१९ मा रहेको बुद्धज्योती बाल उद्यम आधारभूत विद्यालयसमेत डोजरको मारमा परेको हो। यसअघि शुक्रबार बल्खु, बालाजु, शंखमूल र वंशीघाटलगायतका सुकुमवासी बस्तीका घर–टहरा भत्काइएको थियो। सरकारले हिजोदेखि काठमाडौंमा दोस्रो चरणको अभियानअन्तर्गत अतिक्रमित संरचना हटाउन थालेको हो भने पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल र गैरीगाउँ आसपासका संरचना हटाइसकिएको थियो।

प्रकाशित मिति : २०८३ बैशाख १९ गते शनिवार