बागलुङ । गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गते आएको बाढी, पहिरो तथा हुरीका कारण ६३ घरमा क्षति पुगेको छ। गलकोट नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको हो भने थप १३३ घरमा आंशिक क्षति पुगेको छ। हुरीका कारण ३९ घर पूर्ण रूपमा र ५२ घरमा आंशिक क्षति भएको नगरपालिकाले जनाएको छ। त्यसैगरी, पक्की सिँचाइतर्फ २१ संरचनामा ठूलो र २४ संरचनामा सामान्य क्षति पुगेको छ भने कच्ची सिँचाइका २०३ संरचनामा समेत नोक्सानी भएको छ।