कांग्रेसको उम्मेदवारीमा दाबी विरोध सुरु, अन्तिम नामावली प्रकाशनको तयारी

कांग्रेसको उम्मेदवारीमा दाबी विरोध सुरु, अन्तिम नामावली प्रकाशनको तयारी

काठमाडौँ । नेपाली कांग्रेसको आगामी कार्यकालका लागि उम्मेदवारी दिएका उम्मेदवारमाथि दाबी विरोध गर्ने प्रक्रिया सुरु भएको छ। निर्वाचन समितिले बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध गर्न सकिने सूचना जारी गरेपछि सोहीअनुसार दाबी विरोधको प्रक्रिया सुरु भएको हो। दाबी विरोधको प्रक्रिया सकिएपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार धेरै गुनासा प्राप्त भएकाले दाबी विरोधमाथि छानबिन तथा आवश्यक समायोजन गर्न केही समय लाग्नेछ। समितिका अनुसार नयाँ कार्यसमिति चयनका लागि बिहीबार बिहानदेखि मतदान हुनेछ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार