• २०८३ कार्तिक १४ गते शुक्रवार
  • Preeti To Unicode

सातै प्रदेशमा भारी वर्षाको सम्भावना, काभ्रेमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा

सातै प्रदेशमा भारी वर्षाको सम्भावना, काभ्रेमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमध्ये सबैभन्दा बढी वर्षा काभ्रेपलाञ्चोक जिल्लामा मापन गरिएको छ। रोसी मौसम मापन केन्द्रका अनुसार उक्त क्षेत्रमा ३३ मिलिमिटर वर्षा भएको छ। यस अवधिमा कोशी, बागमती र मधेश प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ भने गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पश्चिमी वायु र बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावका कारण आज देशका सातै प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ। मौसममा आएको परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार