ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित, कति छ सम्पत्ति ?


काठमाडौं । अमेरीकाका अर्बपति व्यापारी डोनाल्ड जोन ट्रम्प ४७औं राष्ट्रपतिमा निर्वाचित बनेका छन् । उनी १३२ वर्ष पुरानो इतिहास पल्टाउँदै तेस्रो प्रयासमा दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बनेका हुन् ।

ट्रम्प यसअघि सन् २०१६ मा अमेरिकाको ४५औं राष्ट्रपतिमा चुनिएका थिए । त्यसपछि सन् २०२० मा डेमोक्र्याटका जोइ बाइडेनसँग पराजित बनेपछि लगातार दोस्रोपटक अमेरिकाको नेतृत्व गर्नबाट चुकेका थिए । तर, तेस्रोपटकको प्रयासमा दोस्रो पटक अमेरिकाको राष्ट्रपतिकारुपमा सन् २०२४ मा चुनिएका हुन् ।

राष्ट्रपतिमा चुनिँदै गर्दा रिपब्लिकनका ट्रम्पले डेमोक्र्याटकी महिला उम्मेद्वार कमला ह्यारिसलाई पराजित गरे । डोनाल्ड ट्रम्प राजनीतिज्ञसँगै अमेरिकाका सफल र अर्बपतिको सूचीमा सूचीकृत व्यापारी समेत हुन् ।

कति छ ट्रम्पको सम्पत्ति ?
डोनाल्ड ट्रम्प अमेरिकाका डलर अर्बपतिहरुको सूचीमा सूचीकृत छन् । विश्वप्रसिद्ध फोब्र्स म्यागेजिनका अनुसार उनीसँग २०२४ को अक्टोबरमा ६।६ बिलियन अमेरिकी डलर सम्पत्ति छ । आफ्नो बुबाको व्यवसायबाट व्यवसायीक जिवनमा प्रवेश गरेका ट्रम्पले कहिल्यै पछाडी फर्केर हेर्नुपरेन ।

उनी ट्रम्प अर्गनाइजेसनका मालिक हुन । यस्तै मिडिया उद्योगमा समेत ट्रम्पको ठूलो लगानी छ भने सामाजिक सञ्जाल ट्रुथ समेत ट्रम्पको नाममा छ । यसबाहेक ट्रम्प अमेरिक फुटबल टिमको मालिक समेत हुन् भने गल्फ कोर्स, ट्रम्प युनिभर्सिटी, एसीएन इंक नामक टेलिकम्यूनिकेसन कमपनी लगायतको स्वामित्व ट्रम्पसँग छ । यस्तै डोनाल्ड जे ट्रम्प फाउन्डेसनको सञ्चालक समेत रहेका उनी ब्राण्डिङ, शेयर बजार, बन्ड्स र लगानी कोष लगायत समेत सञ्चालन गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक २२ गते बिहिवार