• २०८१ मङ्सिर ६ गते बिहिवार
  • Preeti To Unicode

स्पेनमा बाढीपछि आक्रोशित जनता सडकमा उत्रिए


काठमाडौं । गत महिना स्पेनको भ्यालेन्सियासमेत केही क्षेत्रमा भीषण बाढीका जनधनको निकै ठुलो क्षति भएको थियो । बाडीपछि यतिबेला स्थानीय जनतामा प्रशासनविरुद्ध आक्रोश देखिन थालेको छ ।

भ्यालेन्सियामा शनिबार क्षेत्रीय प्रमुखको राजीनामा माग गर्दै हजारौँ स्थानीयले प्रदर्शन गरेका छन् । ‘आफू हिलोमा लतपत छौँ, तिमीहरू रगतमा’ भन्दै स्थानीयवासीले नारा लगाएका थिए ।

भ्यालेन्सिया र छिमेकी प्रान्तहरूमा भीषण वर्षाका कारण आएको बाढीका कारण अक्टोबरमा २ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । बाढीका कारण ८० जना अझै बेपत्ता छन् । स्थानीय अधिकारीहरूले बाढीको चेतावनी दिन ढिलो गरेको प्रदर्शनकारीहरूको आरोप छ । प्रदर्शनको अन्त्यमा आक्रोशित प्रदर्शनकारी र प्रहरीबिच झडप भएको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक २५ गते आइतवार