• २०८२ मङ्सिर १८ गते बुधवार
  • Preeti To Unicode

सहकारी ठगी प्रकरण: आजबाट पर्सामा रवि लामिछानेको बयान सुरू


काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएकाराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेसँग आजबाट बयान लिइने भएको छ। पोखराबाट काठमाडौं हुँदै विरगञ्ज ल्याइएका लामिछानेसँग आजबाट बयान सुरू गर्न लागिएको हो ।

हिजो साँझ उनको स्वास्थ्य परिक्षण गरिएको थियो, जसअनुसार उनको ब्लड प्रेसर १६०–११० मापन गरिएको थियो । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका लागि पर्सा ल्याइएको जनाएको छ । सहकारी ठगी गरेको भन्दै पक्राउ परेका लामिछानेलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।

जिबी राइ नेतृत्वको सहकारीहरूवाट ग्यालेक्सी टेलिभजनमा लगानी गर्दा उनी पनि संलग्न भएको उजुरी पछि उनलाइ कास्की प्रहरीले पक्राउ गरेको हो । त्यस पछि सोही प्रकरणमा कास्कीसहित रूपेन्देही, काठमाडौं, चितवनमा उनको बयान लिइसकेको छ । अब मंगलबार बिहानवाट उनको बिरगञ्जमा बयान सुरू हुनेछ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार