काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उनका समर्थकहरूले देशभर विरोध प्रदर्शन सुरु गरेका छन्। काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा आज पनि कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका छन्। एमालेका जनवर्गीय संगठनहरूले विभिन्न जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउँदै प्रदर्शन जारी राखेका छन्।
शनिबारदेखि सुरु भएको प्रदर्शन गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलन र त्यसपछिको दमनसँग सम्बन्धित पृष्ठभूमि बोकेको छ। जेनजी आन्दोलनको समयमा ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए। ओली र लेखकको पक्राउपछि एमालेले विरोध स्वरूप देशव्यापी आन्दोलनलाई तीव्र बनाएको छ।