शीतलनिवासमा सभामुखको शपथ (तस्वीरहरू)

शीतलनिवासमा सभामुखको शपथ (तस्वीरहरू)

काठमाडौं । सभामुखमा निर्विरोध निर्वाचित भएका डोल प्रसाद अर्याल ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

शीतल निवास मा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले उनलाई शपथ गराएका हुन्। शपथपछि अर्याल आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन्।यसअघि बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी ले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका थिए।

गत शुक्रबार उम्मेदवारी दर्ताको दिन अर्यालको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका हुन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार