हुलाक कुरियरमा ‘एक्सप्रेस वे’ व्यवस्था, सेवा थप छिटो र सहज

हुलाक कुरियरमा ‘एक्सप्रेस वे’ व्यवस्था, सेवा थप छिटो र सहज

काठमाडौ- मा हुलाकमार्फत विदेश पठाइने तथा विदेशबाट आयात हुने सामानको जाँचपास अब ‘एक्सप्रेस वे’ (द्रुतमार्ग) बाट गरिने भएको छ। हुलाक सेवा विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालयनागरिक उड्डयन प्राधिकरण बीचको समन्वयमा यो व्यवस्था लागू गर्न लागिएको हो। विभागका अनुसार यसले हुलाकमार्फत हुने कुरियर सेवालाई अझ छिटो, सुरक्षित र भरपर्दो बनाउनेछ। अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल मा हुलाक कुरियरका लागि छुट्टै (डेडिकेटेड) जाँचपास प्रणाली समेत विकास गरिनेछ।

यससँगै सार्वजनिक बिदाका दिन पनि हुलाक सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाइएको छ। गोश्वारा हुलाक कार्यालय ले यसअघि पनि बिदामा सेवा दिँदै आएको भए पनि भन्सार र बैंक बन्द हुँदा जाँचपासमा समस्या हुने गरेको थियो। अब भन्सार विभाग सँगको समन्वयपछि ती समस्या समाधान हुने अपेक्षा गरिएको छ। पछिल्लो समय हुलाकमार्फत हुने आयात–निर्यात दुवै बढ्दै गएकाले यस्तो सुधारले सेवाग्राहीलाई सहजता दिनुका साथै राजस्व संकलन र सेवाको प्रभावकारितामा पनि सकारात्मक असर पार्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार