नेपाली सेनाले गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ। यस पदयात्राको मुख्य उद्देश्य पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा प्रयोग गरेको ऐतिहासिक पदमार्गको प्रचार–प्रसार गर्नुका साथै सो मार्गमा पर्ने कोट, गढी र किल्लाहरूको संरक्षण गर्दै तिनको इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउनु हो। भद्रदल गणका गणपति गौरवसिंह क्षेत्रीका अनुसार पदयात्रा आज बिहान गोरखा दरबारबाट सुरु गरिएको हो।
पदयात्रा तनहुँ जिल्लाका सतिघाट, भन्सार, भीमसेनगढी, बाङ्गेरह, सेपाबगैँचा, टुहुरेपसल, तनहुँसुर, धेनुङ देउराली र केलादीघाट हुँदै अघि बढ्नेछ। यो पदयात्रा आगामी वैशाख ७ गते पाल्पा जिल्लाको जितगढीमा पुगेर समापन हुनेछ।