भारत र क्यानडाबीच तनाव चरम सीमामाः क्यानडाको पक्षमा अमेरिका


काठमाडौं । खालिस्तानी समर्थक हरदीप सिंह निज्जरको हत्या प्रकरणलाई लिएर भारत र क्यानडाबीच तनाव चरम सीमामा छ । यसैबीच अमेरिकाले भारतले क्यानडालाई अनुसन्धानमा सहयोग नगरेको आरोप लगाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय सरकारी अधिकारीको संलग्नता रहेको दाबी गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले पत्रकार सम्मेलनमा भने, यी आरोपहरू अत्यन्त गम्भीर छन् र यसलाई गम्भीरतापूर्वक लिनु आवश्यक छ भनेर स्पष्ट पारेका छौं । हामी भारत सरकारले क्यानडालाई अनुसन्धानमा सहयोग गरोस् भन्ने चाहन्छौं। पक्कै पनि उसले त्यो बाटो रोजेको छैन ।

जुन १८, २०२३ को साँझ क्यानडाको सरे सहरमा रहेको गुरुद्वाराबाट निस्कने क्रममा हरदीप सिंह निज्जरको गोली हानी हत्या गरिएको थियो । गत वर्ष सेप्टेम्बर १८ मा क्यानडाका प्रधानमन्त्री ट्रुडोले निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाएका थिए जसलाई भारतले अस्वीकार गरेको थियो ।

यो विषयमा क्यानडाले भारतीय राजदुतसहित उच्च कुतिनितीज्ञलाई पत्र काटेर आरोप लगाएपछि यो विषय अहिले फेरी बढेको हो । क्यानडाको पत्रपछि आफुहरुलाई क्यानडा सरकारप्रति भरोसा नभएको भन्दै आफ्ना राजदुतलाई फिर्ता बोलाएको थियो । अब यो प्रकरण चर्किदै गएपछि अहिले दुवै देशले एक अर्काका ६(६ कुटनीतिज्ञलाई निष्कासन गरेका छन् ।

प्रकाशित मिति : २०८१ असोज ३० गते बुधवार