• २०८३ बैशाख ८ गते मङ्गलवार
  • Preeti To Unicode

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक युन पक्राउ


काठमाडौँ – दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक युनलाई पक्राउ गरिएको छ। अनुसन्धान एजेन्सी सीआईओले उनलाई पक्राउ गर्नको लागि आदेशपत्र जारी गरेको थियो। युनलाई सउलस्थित आफ्नो निवासबाट पक्राउ गरिएको हो। यसअघि पनि दक्षिण कोरियाली जाँचकर्ताहरूले उनलाई पक्राउ गर्न प्रयास गरेका थिए, तर आज सफलतासाथ पक्राउ गरिएको छ।

युन सुकले गत डिसेम्बर ३ मा सैन्य शासन लागू गर्ने घोषणा गरेका थिए। उक्त घोषणापछि व्यापक विरोध भएको थियो र अन्ततः उनले यसलाई फिर्ता लिन बाध्य भएका थिए। युन सुकमाथि विद्रोहको आरोपमा जाँच भइरहेको छ।

पक्राउको घटनास्थलमा युनको निवासबाहिर समर्थक र आलोचकहरूको बाक्लो भीड जमेको थियो। यस दृश्यलाई नियन्त्रण गर्न प्रहरीले एक हजारभन्दा बढी अधिकारीहरूको व्यवस्था गरेको थियो।

प्रकाशित मिति : २०८१ माघ २ गते बुधवार