• २०८३ बैशाख ८ गते मङ्गलवार
  • Preeti To Unicode

प्रतिनिधि सभामा कडाइ: बैठकमा फोटो र अडियो–भिडियो रेकर्डिङ निषेध

प्रतिनिधि सभामा कडाइ: बैठकमा फोटो र अडियो–भिडियो रेकर्डिङ निषेध

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा अबदेखि फोटो खिच्न तथा अडियो र भिडियो रेकर्ड गर्न नपाइने भएको छ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । नियमावलीको नियम २० अन्तर्गत बैठकमा पालन गर्नुपर्ने नियम समेटिएको छ । उपनियम (ट)मा बैठक कक्षमा मोबाइल फोन साइलेन्ट अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न नहुने र फोटो खिच्ने तथा अडियो–भिडियो रेकर्ड गर्न निषेध गरिएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख ८ गते मङ्गलवार