काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् । उनलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन् । उक्त सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।