• २०८३ बैशाख ८ गते मङ्गलवार
  • Preeti To Unicode

सुनको मूल्यमा ७०० रुपैयाँको गिरावट, चाँदीको मूल्यमा ३० रुपैयाँको वृद्धि


काठमाडौँ –नेपाली बजारमा सोमबार सुनको मूल्यमा ७०० रुपैयाँको गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेर १ लाख ७३ हजार ८०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन आइतबार छापावाल सुनको मूल्य १ लाख ७४ हजार ५०० रुपैयाँ थियो।

यसको साथै, पछिल्लो हप्तामा सुनको मूल्यमा क्रमशः गिरावट देखिएको छ। शुक्रबार छापावाल सुनको मूल्य १ लाख ७६ हजार ४०० रुपैयाँ र बिहीबार भने १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको थियो।

यसैबीच, चाँदीको मूल्यमा ३० रुपैयाँको वृद्धि भएको छ। आइतबार चाँदीको मूल्य १८०० रुपैयाँ थियो, जुन सोमबार बढेर १८३० रुपैयाँ पुगेको छ।

सुन र चाँदीको मूल्यको उतारचढावले बजारमा सामान्य सरोकार राख्ने ग्राहक र व्यापारिक पक्षलाई असर पुर्याएको छ, जसले आगामी दिनहरूको बजारमा अझै उतारचढाव ल्याउने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २४ गते सोमवार