• २०८३ असार १९ गते शुक्रवार
  • Preeti To Unicode

फिल्म ‘रिमै’को फष्टलुक पोस्टर सार्वजनिक


काठमाडौं — फिल्म निर्माता खिल बहादुर गुरुङको निर्देशनमा बनेको फिल्म **’रिमै’**को फष्टलुक पोस्टर सोमबार सार्वजनिक गरिएको छ। पोस्टर सार्वजनिक गर्ने अवसर बुद्ध जयन्तीको दिन पारीएको हो।

तीन फरक पोस्टरहरूमा अभिनेता दयाहाङ राई, रिस्मा गुरुङ, र अभिनेत्री गौमाया गुरुङको उपस्थिति छ। पहिलो पोस्टरमा दयाहाङ र रिस्मा प्रस्तुत छन् भने, दोस्रो पोस्टरमा गौमाया गुरुङको पनि समावेश गरिएको छ। तेस्रो पोस्टरमा सबै मुख्य कलाकारको सामूहिक उपस्थिति देख्न पाइन्छ।

फिल्मको प्रदर्शन मिति आगामी भदौ २७ तोकिएको छ। फिल्ममा दयाहाङ राई, रिस्मा गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, अर्पण थापा, कविता आले मगर, र बालकलाकार असिम सुब्बा लगायतको अभिनय छ।

यो फिल्म गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्राली र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार