काठमाडौँ । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित पर्यटकीय क्षेत्र दिङ्बुचेमा हिमपात भएको छ। मौसममा अचानक परिवर्तन आएसँगै उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिमपातका कारण उक्त क्षेत्रको जनजीवन प्रभावित हुनुका साथै अत्यधिक चिसो बढेको छ। हिमपातपछि दिङ्बुचेका घर, डाँडाकाँडा तथा सडकहरू हिउँले ढाकिएका छन्। हिमपातसँगै तापक्रम घटेपछि स्थानीय बासिन्दा तथा पर्यटकलाई चिसोबाट बच्न सतर्कता अपनाउनुपर्ने अवस्था सिर्जना भएको छ।