• २०८३ असार १९ गते शुक्रवार
  • Preeti To Unicode

काठमाडौंमा नोरा फतेहीको भव्य प्रस्तुति, प्रोसेस पाण्डेसँगको ‘फ्यानडम मोमेन्ट’ भाइरल


काठमाडौं-बलिउडकी चर्चित नृत्यांगना तथा अभिनेत्री नोरा फतेहीले शनिबार राति काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा भव्य प्रस्तुति दिइन्। कार्यक्रममा ‘भ्वाइस अफ नेपाल’ सिजन ६ का पाँच फाइनलिस्टले समेत उनलाई साथ दिएका थिए।

फाइनलिस्टमध्ये विजेता प्रोसेस पाण्डेसहित अर्पणा आचार्य, रोशन राई, प्रमेश राई र इन्द्रकला राईले समेत मनमोहक प्रस्तुति दिँदै दर्शकलाई मन्त्रमुग्ध पारे। कार्यक्रमको विशेष क्षण त्यतिबेला बन्यो, जब नोरा फतेहीले आफ्नो प्रस्तुति पछि प्रोसेस पाण्डेलाई अँगालो हाल्दै धन्यवाद दिइन्।

प्रोसेसले यो भावुक क्षणलाई टिकटकमा सेयर गर्दै “के चाहियो र यो भन्दा” भन्ने क्याप्सन लेखेका छन्, जसले धेरैको मन छोएको छ। उक्त भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको छ।

यद्यपि केही प्रयोगकर्ताले ‘बडी सेमिङ’ को आलोचना गरेका छन्, नोरा र प्रोसेसबीचको स्नेहपूर्ण अन्तर्क्रिया र ‘फ्यानडम मोमेन्ट’ लाई प्रशंसात्मक दृष्टिकोणले लिइएको देखिन्छ।

धेरैले सामाजिक सञ्जालमा यो क्षणलाई भावनात्मक र प्रेरणादायी बताउँदै नोरा फतेहीको सरलता र प्रोसेसको आत्मविश्वासको खुलेर प्रशंसा गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार