• २०८३ बैशाख ८ गते मङ्गलवार
  • Preeti To Unicode

काठमाडौँको धरहरा पुनर्निर्माणपछि खुला: १५ महिनामा ११ करोड राजस्व, ६ लाख पर्यटकले अवलोकन

काठमाडौँको धरहरा पुनर्निर्माणपछि खुला: १५ महिनामा ११ करोड राजस्व, ६ लाख पर्यटकले अवलोकन

काठमाडौँ- पुनर्निर्माणपछि काठमाडौँको धरहरा सर्वसाधारणका लागि ९ मंसिर २०८१ देखि खुला भएको हो । सञ्चालनमा आएको १५ महिनामा धरहराले ११ करोड ७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ भने चालु आर्थिक वर्षको फागुनसम्म मात्र ५ करोड ९५ लाख रुपैयाँ उठेको छ । अहिलेसम्म ६,०५,३९१ जना पर्यटकले धरहरा अवलोकन गरिसकेका छन् । पर्यटकको आगमन मौसम र सिजन अनुसार फरक पर्छ; सिजनमा प्रतिदिन १,२००–१,४०० र सार्वजनिक बिदामा २,००० पर्यटकसम्म आउने गरेको छ ।

धरहरा निर्माणको काम १५ असोज २०७५ मा सुरु भएको भए पनि पटकपटक म्याद थप्दा पनि अहिलेसम्म ८५% मात्र काम सकिएको छ । सुरुमा निर्माणको म्याद १४ असोज २०७७ मा सकिनुपर्ने थियो भने हाल वैशाख ०८३ सम्म म्याद थप गरिएको छ । भुइँतलाको काम अझै बाँकी रहे पनि धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । परिसरमा आँगन निर्माण र म्युजियमको काम भइरहेको छ, साथै पार्किङमा लाइट र जेड फ्यान जडान भइसकेको छ ।

धरहरा अवलोकन शुल्क आन्तरिक पर्यटकका लागि रु २००, विद्यार्थी र वृद्धवृद्धालाई ५०% छुट, सार्क मुलुकका पर्यटकलाई रु ५०० र अन्य मुलुकका पर्यटकलाई रु १,००० तोकिएको छ । धरहरा बिहान ८ देखि राति ८ बजेसम्म खुला रहन्छ र काठमाडौं महानगरपालिका तथा सहरी विकास मन्त्रालयको सहकार्यमा ३ वटा बेसमेन्टमा निःशुल्क पार्किङको व्यवस्था गरिएको छ । ठेक्का जीआईईटीसी–रमण जेभीले पाएको हो, जसमा ठेक्का रकम ३ अर्ब ४८ करोड १६ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २०८२ चैत्र ९ गते सोमवार