कार्की आयोगको प्रतिवेदन किन गुपचुप ? : प्रदीप पौडेल

कार्की आयोगको प्रतिवेदन किन गुपचुप ? : प्रदीप पौडेल

काठमाण्डौं –नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भदौ २३–२४ का जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले तयार पारेको प्रतिवेदन सरकारसँग सार्वजनिक गर्न माग गरेका छन्। उनले सरकारले लामो समय भइ सके पनि प्रतिवेदन गुपचुप राखिनुलाई विडम्बना ठानेका छन् र यसले अनेक आशङ्का र उपशङ्का जन्माएको बताएका छन्। पौडेलका अनुसार आयोगले बुझाइसकेको प्रतिवेदन सार्वजनिक नगर्नु सरकारको दायित्व र जिम्मेवारीबाट विमुख हुनु हो र यसले यक्ष प्रश्न खडा गरेको छ। उनले प्रश्न उठाएका छन् कि अब अन्तरिम सरकारको समय सकिएको अवस्थामा पनि प्रतिवेदन किन सार्वजनिक नगरिएको छ। उनले केन्द्रीय कार्य समिति बैठकबाट नेपाली कांग्रेसले प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने निर्णय गरेको स्मरण गराउँदै, सरकारलाई आफ्नो दायित्व पूरा गर्न यथाशीघ्र प्रतिवेदन सार्वजनिक गर्न अनुरोध गरेका छन्।

प्रकाशित मिति : २०८२ चैत्र ९ गते सोमवार