रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौँ-सर्वोच्च अदालतमा रवि लामिछाने विरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिटमा आज सुनुवाइ भइरहेको छ। यसअघि सविता भण्डारी को निर्देशनअनुसार लामिछानेमाथि सहकारी ठगीको मुद्दा मात्र अघि बढाउने र अन्य दुई गम्भीर आरोप हटाउने निर्णय गरिएको थियो, जसको विरोधमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले रिट दायर गरेका हुन्। सर्वोच्चले यससम्बन्धी निर्णय संशोधनको फाइल झिकाउन आदेश दिएपछि महान्यायाधिवक्ताको कार्यालयले उक्त फाइल पेस गरेको छ र सोही आधारमा आज पुनः सुनुवाइ अघि बढेको हो। साथै, कास्की र रुपन्देहीमा मुद्दा संशोधनका लागि निवेदन दिइए पनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले सुनुवाइ हुन सकेको छैन भने काठमाडौँ र पर्सामा भने हालसम्म त्यस्तो निवेदन दर्ता गरिएको छैन।

प्रकाशित मिति : २०८२ चैत्र ९ गते सोमवार