काठमाडौँ – नेपाली कांग्रेसले पार्टीका संघीय सांसदहरूको लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। मंगलबार र बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई लक्षित गरेर कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।
बैठकअनुसार, अभिमुखीकरण कार्यक्रम चैत १४ गते हुने छ। कार्यक्रममा संसदीय अभ्यास, प्रक्रिया, प्राथमिकता र पार्टीको प्रतिज्ञा सम्बन्धी जानकारी दिइनेछ। बैठकपछि जारी विज्ञप्तिमा कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले यो जानकारी सार्वजनिक गरेका छन्।
विज्ञप्तिमा उल्लेख छ, “२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक प्रणालीबाट निर्वाचित सदस्यहरू र राष्ट्रिय सभाका नयाँ सदस्यहरूलाई यही चैत १४ गते संसदीय अभ्यास, प्रक्रिया तथा पार्टीको प्रतिज्ञाबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दछ।”