काठमाडौं — पूर्व ऊर्जा मन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल मा भर्ना भएका छन्।
उनी आइतबार प्रहरीले पक्राउ गरेको थियो। सोही दिन अदालतले उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। अस्पताल स्रोतका अनुसार खड्कालाई आज बिहान करिब ३ बजे अस्पताल ल्याइएको हो र हाल बेड नम्बर १०२९ मा राखेर उपचार भइरहेको छ।
भदौ २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दामा खड्कालाई नियन्त्रणमा लिइएको हो। उनको घरमा जलेको अवस्थामा भेटिएको रकमबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले अनुसन्धान गरिरहेको छ। विभागले यसअघि नै जलेका नोटका टुक्रा र खरानी संकलन गरिसकेको छ।
यसैबीच, जेनजी आन्दोलन दमनको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि सोही अस्पतालमा उपचाररत छन्। उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो र हाल चिकित्सकको निगरानीमा राखिएको छ।