चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढीका कारण भोटेकोशी र त्रिशूली नदी किनारका बस्तीमा ठूलो क्षति पुगेपछि खोज तथा उद्धारलाई प्रभावकारी बनाउन गृहमन्त्री सुधन गुरुङ विमानस्थल पुगेका छन्। रसुवा र नुवाकोटका नदी तटीय क्षेत्रमा उद्धार तथा खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। गृहमन्त्री गुरुङको सचिवालयका अनुसार उद्धार कार्यलाई थप प्रभावकारी बनाउन उनी विमानस्थल पुगेका हुन्। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि १२ वटा हेलिकप्टर परिचालन गरिएको छ भने उद्धार गरिएका घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने काम भइरहेको छ। सरकारले घाइते तथा अलपत्र परेकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई तीव्रता दिएको जनाएको छ।