राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष धर्मेन्द्र झा ले आजका मितिदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका छन्। उनले राजीनामामा उल्लेख गरेका छन् कि हालको देशको परिवर्तित राजनीतिक परिवेशलाई आफूले आत्मसात् गरेको छ र नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्य सञ्चालन गर्नु पर्ने मान्यता राख्छन्। साथै उनले सरकारको सफलताको कामना गर्दै, नैतिकताका दृष्टिले आफूले पद छोड्नु उचित हुने ठानेको बताएका छन्। झालाई मन्त्रिपरिषद्ले २०७९ असार ७ गते राससको अध्यक्षमा नियुक्त गरेको थियो।