काठमाण्डौं — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय र उच्च शिक्षाका लागि सञ्चालन हुँदै आएको ब्रिज कोर्स आगामी १ वैशाखदेखि बन्द गर्ने निर्णय गरेको छ।
तर, सोमबार मन्त्रालयले यस निर्णयको सूचना आफ्नो वेबसाइटबाट हटाएको छ। मन्त्रालयका अनुसार सूचना हटाउनुको कारण भाषा मिलाएर थप प्रष्टता प्रदान गर्नु हो।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने, “केही विषयमा प्रष्ट पार्नु पर्ने भएकाले हो। भाषा मिलाएर फेरि अपलोड हुन्छ।”
सूचना हटाएको भए पनि ब्रिज कोर्स बन्द गर्ने निर्णयबाट मन्त्रालयले कुनै रूपमा पछाडि हटेको छैन।