हर्कराज राई सामाजिक सञ्जालमार्फत आफू र आफ्नो परिवारलाई ज्यान मार्ने तथा घर जलाउने धम्की आएको भन्दै नेपाल प्रहरी साइबर ब्युरो पुगेर उजुरी दिएका छन्। उनका अनुसार “सुनिता खड्का” नामकी व्यक्तिले TikTok लगायत विभिन्न सामाजिक सञ्जालमार्फत गालीगलौजसहित धम्की दिएको र त्यसका प्रमाणस्वरूप भिडियो तथा फोटोसमेत ब्युरोमा पेश गरिएको छ। यस घटनाबारे उनले Facebook मार्फत प्रतिक्रिया जनाउँदै सरकार र सम्बन्धित निकायले यस्ता गतिविधिमा संलग्न व्यक्तिविरुद्ध कारबाही गर्छ कि गर्दैन भन्ने प्रश्नसमेत उठाएका छन्।