• २०८३ असार १६ गते मङ्गलवार
  • Preeti To Unicode

एकान्तकुनामा बिचौलिया विरुद्ध प्रहरीको कारबाही: १५ जना पक्राउ

एकान्तकुनामा बिचौलिया विरुद्ध प्रहरीको कारबाही: १५ जना पक्राउ

काठमाडौंको –यातायात कार्यालय एकान्तकुना परिसरबाट १५ जना बिचौलिया पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले सेवाग्राहीलाई हैरानी दिने तथा “फास्ट ट्र्याक” मा काम गरिदिने भन्दै रकम असुल्ने गतिविधि गरिरहेको गुनासोका आधारमा अपरेशन चलाएर उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरुलाई हाल प्रहरी वृत्त सातदोबाटोमा राखेर थप अनुसन्धान अघि बढाइएको छ, जसबारे परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार