राष्ट्रपतिद्वारा संघीय संसद् अधिवेशन आह्वान, चैत १९ गतेदेखि सुरु

राष्ट्रपतिद्वारा संघीय संसद् अधिवेशन आह्वान, चैत १९ गतेदेखि सुरु

काठमाडौं। रामचन्द्र पौडेल ले संघीय संसद्को अधिवेशन आह्वान गरेका छन्। संघीय संसद् सचिवालय का महासचिव पद्मप्रसाद पाण्डेय द्वारा जारी सूचनामा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सबै सदस्यहरूलाई तोकिएको समयमा उपस्थित हुन आग्रह गरिएको छ।

सूचनाअनुसार राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम २०८२ साल चैत १९ गते बिहीबार दिउँसो २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्।

प्रतिनिधि सभाको बैठक निर्माणाधीन संघीय संसद् भवन परिसरभित्र रहेको बहुउद्देश्यीय कक्षमा बस्नेछ भने राष्ट्रिय सभाको बैठक सिंहदरबार स्थित राष्ट्रिय सभा कक्षमै सञ्चालन हुने जनाइएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार