• २०८३ असार १६ गते मङ्गलवार
  • Preeti To Unicode

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्धऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय ले आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गर्ने निर्णय गरेको छ। वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले यो कदम चालिएको मन्त्रालयले जनाएको छ।

प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा नकारात्मक असर पार्ने भएकाले वैकल्पिक र वातावरणमैत्री सामग्रीको प्रयोग प्रोत्साहित गरिनेछ। विराजभक्त श्रेष्ठ ले सम्पूर्ण सरकारी निकायसँग सहकार्य गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको बताए। यस कदमले सरोकारवालालाई पनि सकारात्मक सन्देश दिने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार