काठमाडौँ । नयाँ प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा एमाले ले बोल्ने अवसर पाएको छ। बैठकको सुरुमै ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सभामुखको भूमिका निर्वाह गर्दै एमाले सांसद गुरु बराललाई बोल्ने समय दिएका छन्। बोल्दै बरालले एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखकलाई सरकारले पक्राउ गरेको विषयमा आपत्ति जनाएका छन्। प्रतिनिधि सभामा एमाले तेस्रो ठूलो दल हो।