• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

रवि लामिछानेले दलित समुदायसँग सदनबाट माफी मागे

रवि लामिछानेले दलित समुदायसँग सदनबाट माफी मागे

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधि सभाको पहिलो बैठकमा दलित समुदायसँग माफी मागेका छन्। उनले हात जोडेर सदियौँदेखिको अन्यायको लागि माफी माग्दै भने कि सरकार पनि शताब्दियौँदेखि भइरहेको विभेद, अन्याय र अत्याचारको लागि सार्वजनिक र सामुहिक माफी माग्दैछ।

लामिछानेले दलित समुदायले भोगेको विभेदलाई सिर्फ व्यक्तिगत अन्याय नभई संगठित अपराध भएको बताए। उनका अनुसार अब कुनै पनि नेपाली जातका आधारमा मानिस अपमानित महशुस गर्ने छैन। उनले खगेन्द्र सुनारको उदाहरण समेत दिँदै स्पष्ट पारे कि व्यक्तिगत गल्तीभन्दा माथि उठेर ऐतिहासिक अन्यायको लागि माफी मागिएको हो।

यस कदमलाई नेपालमा दलित समुदायको सामाजिक न्याय र समावेशीताको दिशा मा महत्त्वपूर्ण राजनीतिक संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र १९ गते बिहिवार