काठमाडौं – रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै अब संख्याको बलमा प्रतिशोध र अन्याय नहुने स्पष्ट प्रतिबद्धता जनाएका छन्। उनले भने कि आस्थाका आधारमा कसैलाई फरक व्यवहार गर्ने अवस्था दोहोरिने छैन।
लामिछानेले उल्लेख गरे, ‘हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संशोधन गरिएको छ र अध्यादेश पनि ल्याइएको छ। यस्ता गलत क्रियाकलाप यथाशिघ्र सच्याइनेछ। प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको त्यो अध्याय अब दोहोरिने छैन।’
साथै उनले संसदीय समितिमा अन्यायपूर्वक विधि मिचेर कसैको माइक काटिने छैन भनी सुनिश्चित गरेका छन्। लामिछानेका अनुसार अब संख्याको बल प्रयोग गरेर प्रतिशोध वा अत्याचार हुने छैन।
तर, यी सुधारका बाबजुद सुशासनको वेग रोकिँदैन। लामिछानेले भने, ‘न्याय माग्ने पहिलो हक शहीदकी आमाको हो। यसलाई प्रतिशोध भन्न पाइने छैन।’