• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

“०६४ को जनमत सदुपयोग गर्न सकेनौँ” — वर्षमान पुन

“०६४ को जनमत सदुपयोग गर्न सकेनौँ” — वर्षमान पुन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा सांसद वर्षमान पुन ले २०६४ सालको निर्वाचनमा आफ्नो पार्टीले पाएको जनमतलाई सदुपयोग गर्न नसकेको स्वीकार गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले तत्कालीन नेकपा माओवादी ले हासिल गरेको बहुमत प्रभावकारी रूपमा प्रयोग गर्न नसकिएको बताएका हुन्। “०६४ सालको चुनावमा हामीले झन्डै यस्तै खालको विजय हासिल गरेका थियौँ। ०७४ सालमा हामी दुई दल मिलेर प्रतिस्पर्धा गर्‍यौँ,” उनले भने, “पछि पार्टी एकता गर्‍यौँ तर त्यसलाई सदुपयोग गर्न सकेनौँ।”

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई शिक्षा स्वरूप लिएर देश र पार्टीलाई अघि बढाउन आग्रह गरे। यसका लागि नेकपाले आवश्यक सहयोग गर्ने पनि उनले बताएका छन्।

प्रकाशित मिति : २०८२ चैत्र १९ गते बिहिवार