काठमाडौं, प्रहरीले देशका विभिन्न भागमा नियमित गस्तीको क्रममा २८ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, सुनसरीको कोशी नगरपालिका–८ भान्टाबारीबाट १ जना, झापाको भद्रपुर नगरपालिका–५ नरसिंह बगानबाट ७ जना, कन्काई नगरपालिका–६ क्याम्पबाट १ जना, धनुषाको मिथिला नगरपालिका–१० रातुपुलबाट ३ जना, धनुषाधाम नगरपालिका–९ धारापानीबाट १ जना, बाँकेको जानकी गाउँपालिका–५ बाट १ जना, नेपालगञ्ज उपमहानगरपालिका–१६ बाट ३ जना, कैलालीको टीकापुर नगरपालिका–९ बालुवाटारबाट २ जना, लम्कीचुहा नगरपालिका–१ भरुवा बाट १ जना, काठमाडौंका विभिन्न स्थानबाट ४ जना, बाँकेको कोहलपुर नगरपालिका–४ बेलनपुरबाट २ जना र ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडाबाट २ जनालाई पक्राउ गरिएको छ। प्रहरीको यो अभियानले देशभरि लागुऔषध नियन्त्रणमा तिब्रता देखाएको छ।