साना सहकारी बचतकर्ताको रकम फिर्ताका लागि मन्त्री रावलले प्रत्यक्ष संवाद सुरु गरिन्

साना सहकारी बचतकर्ताको रकम फिर्ताका लागि मन्त्री रावलले प्रत्यक्ष संवाद सुरु गरिन्

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल ले साना सहकारी संस्थाबाट ठगिएका बचतकर्तासँग प्रत्यक्ष छलफल सुरु गरेकी छन्। सरकारले आगामी सय दिनभित्र साना बचतकर्ताको डुबेको रकम फिर्ता गराउने लक्ष्य राखेको छ।

मन्त्रालयमा आयोजित छलफलमा ‘पीडित बचतकर्ता अभियान राष्ट्रिय महासङ्घ’ का प्रतिनिधिहरू सहभागी थिए। उनीहरूले सहकारी सञ्चालकबाट भएको ठगी, न्याय प्राप्तिका लागि गरिरहेको संघर्ष, र रकम फिर्ता सुनिश्चितताका विषयमा मन्त्री रावलको ध्यानाकर्षण गराएका थिए।

जवाफमा मन्त्री रावलले सरकार सहकारी समस्या समाधानमा गम्भीर भएको र साना बचतकर्ताको मेहनतको कमाइ फिर्ता गराउन सय दिने कार्ययोजना सफल बनाउन मन्त्रालयले तदारुकताका साथ काम गरिरहेको जानकारी दिइन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार