बैतडी । पञ्चेश्वर गाउँपालिका–४ का कृष्ण चन्द मंगलबार बिहान ११:३० बजेतिर हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूका अनुसार उनका खोजी प्रयास जारी रहे पनि अहिलेसम्म फेला परेका छैनन् । उनलाई खोज्न नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बल पनि खटिएको छ । सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्म हेडक्वाटर बैतडीका गुल्मपति, नायब उपरीक्षक जङ्गबहादुर कुँवरले खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।