काठमाडौं – पशु बधशाला र मासु जाँच ऐन, २०५५ बनेको २७ वर्ष बितिसक्दा पनि देशभर लागू हुन सकेको छैन। ऐन बनेको १० वर्षपछि मात्र लागू भए पनि हालसम्म यो हेटौँडा, बुटवल र सुर्खेतमा मात्र लागू छ।
यस ऐन अनुसार, ऐनको दफा २ मा उल्लेख गरिएको छ कि सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको क्षेत्रमा मात्र ऐन लागू हुने व्यवस्था छ। त्यसैले हाल देशका अन्य सहरहरूमा लागू भएको छैन।
फेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाका प्रमुख पशु चिकित्सक सुजन रानाका अनुसार, ऐन कार्यान्वयन गर्ने स्पष्ट निकाय नहुँदा र पशु सेवा विभागमा कार्यान्वयन इकाई गठन नभएकाले यस्तो अवस्था आएको हो
उनले थपे कि मासु जाँचका लागि प्राविधिक कर्मचारी पर्याप्त नभएकाले, ऐन लागू नहुँदा खाद्य स्वच्छता र जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने जोखिम छ।
यस ऐनको पूर्ण कार्यान्वयनमा सरोकारवाला निकायले ध्यान दिन आवश्यक रहेको प्रमुख पशु चिकित्सक रानाले बताए।